Shikhar Insurance

खेती एप चलाउने किसानले नबिल बैंकबाट कृषि कर्जा सजिलै पाउने, यसरी लिनुस् सुविधा

सिंहदरबार संवाददाता
२०७८ श्रावण १६, शनिबार १८:१५
NIMB
Nabil Bank

काठमाडौं । खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुले सहज वित्तिय पहुँचको प्राप्त गर्ने भएका छन् । नबिल बैंक र डी भी एक्सिलस (खेती एप) बीच कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकता खरीद गर्नको लागि सहज वातावरण बनाउने सम्झौता भएको हो ।

यो रणनीतिक साझेदारीअन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तिय पहुँच प्रदान गर्न नबिल बैंक एक प्रमुख बैंकको रुपमा अगाडि बढेको बैंकले जनाएको छ । यसैगरी, किसानहरूले डी भी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्चितताबाट लाभ लिन सक्दछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, डी भी एक्सिलसका निर्देशक देवेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा कार्यक्रममा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेतको उपस्थिति थियो भने डीभी एक्सिलसको तर्फबाट मुख्य सञ्चालन अधिकृत किरण नायर मुख्य प्रविधि अधिकृत सुभाष भट्टराईको उपस्थिति थियो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंक कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास गर्ने बताए । साथै, नेपालको कुल गार्हस्थ उत्पादनमा प्रमुख योगदान गर्ने क्षेत्रको प्रबद्र्धनमा डीभी एक्सिलससँगको सहकार्यले कृषकको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरी उनीहरुको उत्पादन क्षमता वृद्धि गरि देशको आर्थिक विकासमा योगदान पुर्‍याउने उनले बताए ।

यस साझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरि कृषकलाई गुणात्मक कृषि उपकरणको सहज उपलब्धता र सहज वित्तिय पहुँच मार्फत परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुवात गरेको दाबी गरेको छ ।

नबिलले बैंकिङ क्षेत्रमा एग्रिकल्चर भ्याल्यु चेन फाइनान्सिङको भिन्न प्रयोग गरि कृषकहरुलाई उचित वित्तीय अवसर प्रदान गर्दै उनीहरूको सफल कृषि उत्पादक बन्ने यात्रामा प्रमुख सहयोगी हुन पाएको बताएको छ ।

यस सहकार्यअन्तर्गत खेती एपको माध्यमबाट कृषकलाई डिजिटल कर्जा प्रदान गरिनेछ । खेती एपमा दर्ता भएका कृषकहरुले एपबाट नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन ।

GBIME

प्रतिक्रिया दिनुहोस्