Shikhar Insurance

नेपालमा मेरियटको अर्को होटल ‘मोक्सी’ सन् २०२५ भित्रै सञ्चालनमा आउने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १६, शनिबार १८:१९
NIMB
Nabil Bank

काठमाडौं । मेरियट इन्टरनेसनलले नेपालमा अर्को होटल खोलने भएको छ । राजधानीको कमलादीमा मेरियट ब्रान्डको सुविधा सम्पन्न चौथो होटल खुल्ने भएको हो ।

फेयरफिल्ड, काठमाडौं मेरियट, अलफ्ट काठमाडौं पछिको चौथो होटल हो, मोक्सी । काठमाडौं अलफ्ट मेरियटको अलफ्ट ब्रान्डको चेन होटल हो भने बाँकी २ मा अलफ्टको व्यवस्थापन छ । मोक्सीमा मेरियटको व्यवस्थापन हुनेछ । अर्थात्, मेरियटको व्यवस्थापनमात्र भएको मोक्सी तेस्रो होटल हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मेरियटको व्यवस्थापन भएका अघिल्ला २ मा झैं मोक्सीमा पनि व्यवसायी शशिकान्त अग्रवालको लगानी छ । अग्रवालको एमएस ग्रुपको सिस्टर कम्पनी इन्टरनेसनल हिमालय एन्ड होटल प्रालिको स्वामित्वमा मोक्सी छ । जसको नेतृत्व गौरव अग्रवालले गरेका छन् ।

काठमाडौंको कमलादीमा बन्ने होटलमा १ सय ८ वटा स्मार्ट र स्टाइलिस बेडरूम हुनेछन् । होटल सन् २०२५ सम्ममा निर्माण भइ सञ्चालनमा आउने बताइएको छ ।

मेरियट इन्टरनेसनल र इन्टरनेसनल हिमालय हस्पिटालिटी  बीच हालै मोक्सी ब्रान्ड सुरू गर्ने सम्झौता भएको छ । मोक्सी म्यारियटका विभिन्न ब्रान्डमध्ये एक हो ।

मोक्सी होटलको ब्रान्ड नेपालमा भित्र्याउनको लागि इन्टरनेसनल हिमालय हस्पिट्यालिटिसँगको सहकार्यमा काम गर्न उत्साहित भएको मेरियट इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष निरज गोभिलले बताए ।

“मोक्सी जस्तो ब्राण्ड पहिलो पटक सुरु गर्न लागेकोमा म निकै खुशी छु,” एमएस ग्रुपका निर्देशक गौरव अग्रवाल थप्छन्, “म्यारियटसँगको सहकार्यमा हाम्रो तेस्रो होटल हो ।”

विशेष गरी युवाहरूलाई लक्षित गरेर निर्माण गर्न लागिएकाले परम्परागत होटल भन्दा फरक र ह्यापेनिङ हुने बताइएको छ । होटलमा बार, अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बार लगायतको सेवाहरू समावेश गरिनेछ । त्यस्तै फिटनेस सेन्टर, आउटडोर पुल पनि रहनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्