Shikhar Insurance

नेप्सेमा झिनो सुधार, ६ कम्पनीको सेयर मूल्यमा सर्किट

सिंहदरबार संवाददाता
२०७८ श्रावण १७, आईतवार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो सेयर बजारमा झिनो सुधार आएको छ । कारोबारमा आएका ९२ कम्पनीको मूल्य बढ्दा नेप्से परिसूचक १.२६ अंकले बढेको हो ।

आज ६ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने ३ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से बढेर ३०८१.०७ अंकमा पुगेको छ । बजारमा २ सय २६ स्क्रिप्टको ३ करोड ३ लाख कित्ता सेयर १२ अर्ब १० करोड रूपैयाँमा किनबेच भएका छन् ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार एनएचपीसीको सेयरको भएको छ ।

समुहगत उपसूचकतर्फ विकास बैंक, जलविद्युत, इन्भेस्टमेन्ट, लघुवित्त र ट्रेडिङ समूहमा सुधार आए ।

१० प्रतिशतले सेयर मूल्य बढ्ने कम्पनीहरू सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रिन लाइफ हाइड्रो र जीवन विकास लघुवित्त रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्