Shikhar Insurance

एक दिन बाँकी छँदै मैलुङको आईपीओमा पौने १८ लाख जनाले दिए आवेदन

सिंहदरबार संवाददाता
२०७८ श्रावण १७, आईतवार १८:४७
NIMB
Nabil Bank

काठमाडौं । मैलुङ खोलाको आईपीओमा पौन १८ लाख जनाले आवेदन दिएका छन् । आवेदन अवधि १ दिन बाँकी छँदै त्यतिको संख्याले सेयर माग गरेका हुन् ।
सीडीएससीका अनुसार १७ लाख ७६ हजार ७ सय ११ जनाले २ अर्ब ४१ करोड ६३ लाख ४८ हजार रूपैयाँ बराबरको २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता सेयर माग गरेका हुन् ।
माग भएको सेयर बिक्री हुनेभन्दा ३२ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरका ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्काशन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल निष्काशनको २ प्रतिशत अर्थात १४ हजार ७ सय २६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८ सय १४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकि रहेको ६ लाख ६८ हजार ७ सय ४६ कित्तामा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

अर्थात् हरेक आवेदकलाई १०–१० कित्ताका दरले हिसाब गर्दा ६६ हजार ८ सय ७४ जनाले कम्तिमा १० कित्ता सेयर पाउँछन् । शुक्रबार सम्मको तथ्यांकका आधारमा सेयर पाउनेको संख्याभन्दा आवेदन दिनेको संख्या २६ गुणा बढी हो ।

मैलुङको सेयरमा सोमबारसम्म आवेदन दिन सकिन्छ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिन्छ । चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४ सय रुपैयाँ रहेको छ र आईपीओपछि ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको आईपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्