Shikhar Insurance

कुमारी बैंकको एटिएम मेसिन फोड्ने दुई जना पक्राउ, पैसा सुरक्षित

सिंहदरबार संवाददाता
२०७८ श्रावण १७, आईतवार १९:१८
NIMB
Nabil Bank

दाङ । घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनीहरूले यही साउन १२ गते राति घोराही १५ सहिद गेट नजिकै रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरे पनि पैसा झिक्न र लैजान भने नसकेको दाङ प्रहरी प्रवक्ता रिजाले जानकारी दिए । त्यसलगत्तै फरार रहँदै आएका उनीहरूलाई प्रहरीले साउन १६ गते राति घोराही–१५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्