Shikhar Insurance

६६ हजारले पाउने मैलुङ खोलाको आईपीओ भर्ने आज अन्तिम दिन, तपाईँले भर्नु भयो ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १८, सोमबार ०८:४४
NIMB
Nabil Bank

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आज अन्तिम दिन हो । आइतबारसम्म कम्पनीको आईपीओमा १७ लाख ७६ हजार ७ सय ११ जनाले आवेदन दिईसकेका छन् । उनीहरुले २ अर्ब ४१ करोड ६३ लाख ४८ हजार रूपैयाँ बराबरको २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता सेयर माग गरेका हुन् ।

माग भएको सेयर बिक्री हुनेभन्दा ३२ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरका ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्काशन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल निष्काशनको २ प्रतिशत अर्थात १४ हजार ७ सय २६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८ सय १४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकि रहेको ६ लाख ६८ हजार ७ सय ४६ कित्तामा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

अर्थात् हरेक आवेदकलाई १०–१० कित्ताका दरले हिसाब गर्दा ६६ हजार ८ सय ७४ जनाले कम्तिमा १० कित्ता सेयर पाउँछन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिन्छ । चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४ सय रुपैयाँ रहेको छ र आईपीओपछि ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको आईपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्