Shikhar Insurance

गभर्नर महाप्रसाद अधिकारीको पद धरापमा !

सिंहदरबार संवाददाता
२०७८ श्रावण १८, सोमबार ११:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पद धरापमा पर्ने भएको छ । ओली सरकारले नियुक्त गरेका गभर्नर अधिकारीलाई हटाउन देउवा सरकारलाई दबाव परेको हो । काँग्रेस र माओवादी निकट अर्थशास्त्री देखि बैंक तथा वित्तिय संस्थाका कर्मचारी र उद्योगी व्यवसायीहरु नै गभर्नर अधिकारीलाई हटाउन लबिङमा उत्रिएका हुन् ।

श्रोतका अनुसार अधिकारीलाई शैक्षिक योग्यताको प्रमाणको विषयमा दुःख दिने तयारी छ । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि स्नातकोत्तर उतिर्ण हुनुपर्छ । गभर्नर अधिकारी चाटर्ड एकाउन्टेन्ट हुन र जसलाई त्रिभुवन विश्वविद्यालयले स्नातक तह समान मात्रै मानेको छ । यतिबेला गभर्नर अधिकारीलाई हटाउन प्रयोग गर्न लागिएको सबै भन्दा बलियो अस्त्र नै यहि हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस बाहेक कार्यकारी निर्देशक र डेपुटी गभर्नर हुँदाका केहि फाइल ब्युताएर गभर्नर अधिकारीलाई घर पठाउने तयारीमा सरकार जुटेको हो ।
गभर्नर अधिकारी प्रति प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा खासै नकारात्मक नरहे पनि ओली सरकारले नियुक्त गरेको र काँग्रेस तथा माओवादी निकट कर्मचारीदेखि व्यवसायीसम्मलाई दुःख दिएको भन्दै दबाव बर्ढाइएको बताइन्छ ।

गभर्नरको लाइनमा रहेका अर्थशास्त्रीहरु अधिकारीलाई हटाउन दबाव बढाईरहेका छन् । उनीहरुले देउवादेखि प्रचण्ड हुँदै अर्थमन्त्री शर्मालाई भेटेर लबिङ गरिरहेका छन् । गभर्नर अधिकारीले तत्कालिन प्रधानमन्त्री केपी ओलीको दबावमा दुःख दिएका काँग्रेस र माओवादी निकट केहि उद्यमी व्यवसायीले समेत उनलाई हटाउन सरकार समक्ष दबाव बढाईरहेका छन् ।

गभर्नर अधिकारीलाई हटाउने तयारी सम्बन्धमा कुरा गर्न सिंहदरबारले सम्पर्क गरेका आधा दर्जन श्रोतहरुले समेत त्यस्तो सूचना पाएको बताए । नाम उल्लेख नगर्ने सर्तमा ति श्रोतहरुले गभर्नर अधिकारीलाई हटाउने तयारी भैरहेको जानकारी आफुले पनि पाएको बताएका थिए ।
चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने अन्तिम तयारीमा रहेका अधिकारीलाई हटाउने चर्चा चलेसँगै मौद्रिक नीति पुनः अन्यौलमा पर्ने सम्भावना बढेको छ ।

नव नियुक्त अर्थ सचिव मधु मरासीनीले कार्यभार सम्हालेपछि नेपाल राष्ट्र बैंक सञ्चालक समितिको जिम्मेवारी समेत सम्हाल्नेछन् । उनै सचिव मार्फत सरकारले आफ्नो सन्देश गभर्नर समक्ष पठाउने छ । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक हुँदै डेपुटी गभर्नर बन्दा र लगानी बोर्डको सिईओका रुपमा पनि अधिकारीको कार्य सम्पादनलाई राम्रो मानिन्थ्यो । अहिले भने उनी सत्ता परिवर्तनको घानमा पर्ने जोखिम बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्