Shikhar Insurance

एक हप्ताभित्रै मौद्रिक नीति आउँछः गभर्नर

सिंहदरबार संवाददाता
२०७८ श्रावण १८, सोमबार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक साताभित्र मौद्रिक नीति आउने बताएका छन्र । इकोनोमिक मिडिया सोसाइटी (इम्शन)सँगको भेटमा गभर्नर अधिकारीले आइतबारभित्रमा मौद्रिक नीति आउने बताएका हुन् ।

गभर्नर अधिकारीले भने, “प्रतिस्थापन विधेयक कुरेर बसेका थियौं । अब पर्खिदैनौं ।” गभर्नर अधिकारीले आवश्यकता हेरेर समयमुतावित नियामकिय व्यवस्था हेरफेर गर्ने पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ आर्थिक वर्ष सुरू भएको ३ साता बित्दा मौद्रिक नीति आएको छैन । समयमा मौद्रिक नीति जारी गर्न नसकेको भन्दै गभर्नर र राष्ट्र बैंकको आलोचना भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्