Shikhar Insurance

सेयर बजारको मन्द चाल, नेप्से ४ अंकले बढ्दा ११ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७८ श्रावण १८, सोमबार १५:५३
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजार सामान्य अंकले सुधार भएको छ । आइतबार १ अंकले बढेको नेप्से परिसूचकले सोमबार ४.०६ अंकले बढ्दै मन्द चाल देखाएको हो ।

बजारमा कारोबार आएका ८३ कम्पनीको मात्र मूल्य बढेपनि नेप्सेमा सुधार आएको हो । बैंक, वित्त, इन्भेस्टमेन्ट, उत्पादनमुलक र लघुवित्त समूहको उपसूचकमात्र बढ्दा नेप्से बढेको हो । तीमध्ये लघुवित्त समूहमा उच्च सुधार आएको छ । घलेम्दी हाइड्रोको मूल्यमा सर्किट लाग्दा गुराँस र फर्स्ट माइक्रोफाइनान्सको सेयर मुल्य पनि करिब १० प्रतिशतले बढेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आज कुल ९३ कम्पनीको सेयर मूल्य घट्यो ।

सबैभन्दा बढी कारोबार भने अरूण काबेली पावरको सेयरको भएको छ ।

बजारमा कुल २ सय २६ स्क्रिप्टको २ करोड १८ लाख कित्ता सेयर १० अर्ब ९८ करोडमा किनबेच भएका छन् ।

पछिल्लो समय नेप्से परिसूचक लगातार बढिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्