Shikhar Insurance

हस्तकला डिजाइनमा इन्टेरियर डिजाइनरले सघाउने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १८, सोमबार १६:१४
NIMB
Nabil Bank

काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । महासंघमा आयोजित एक कार्यक्रमबीच महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीबीच हस्तकला डिजाइनिङ प्रतियोगिता हुने र उत्कृष्ट तीन प्रतियोगीलाई महासंघले इन्टेरिएर डिजाइनिङ अवार्ड प्रदान गर्ने महासंघका उपाध्यक्ष तथा हस्तकला वर्ष २०२१ का संयोजक  रवीन्द्र शाक्यले जानकारी गराए । प्रतियोगिताका लागि एसियन पेन्ट्सले पनि सहकार्य गर्ने भएको छ ।  त्यसैगरी आइडियाले हस्तकलालाई पनि इन्टेरिएर डिजाइनमा समावेश गर्नेछ  । नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा प्रवद्र्धनात्मक अभियानअनुसार नै दुबै संस्थाबीच सहकार्यका लागि सझौता भएको शाक्यले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

महासंघका अनुसार उक्त सहकार्यबाट विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायमान बनाउने कार्यमा सघाउ पुग्नेछ ।

आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिकरुपमा झण्डै २० अर्ब रुपैयाँ बराबरको हस्तकला समाग्रीको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुवै खस्किएको छ । निर्यात व्यापारको मेरुदण्डका रुपमा रहेको हस्तकलालाई पुनरजीवन महासंघले तीनवटै तहका सरकारसँगको सहकार्यमा जोड दिएको छ ।

कोरोनाका कारण कम्तिमा पनि आगामी एक वर्षसम्म नेपालमा बिदेशी पर्यटक आउने सम्भावना  नरहेको भन्दै हस्तकलाको आन्तरिक बजार बिस्तारका लागि सरकारी निकायले पनि नेपाली हस्तकला समाग्रीको प्रयोगमा ल्याउनुपर्ने महासंघको माग रहेको छ । इन्टेरिएर डिजाइनिङसँग हस्तकला समायोजनका लागि तालिम संचालन गर्न आवश्यक बजेट उपलब्ध गराउन पनि महासंघले सरकारसँग माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्