Shikhar Insurance

समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने, कहिले पाउला अनुमति ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १८, सोमबार १७:०७
NIMB
Nabil Bank

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले २:१ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ५० प्रतिशतले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अब बोर्डले आवश्यक अध्ययन गरेर अनुमति दिनेछ ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल हो ।

कम्पनीको चुक्ता पुँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँको छ । हकप्रदपछि कम्पनीको चुक्ता पुँजी करिब ८२ करोड रुपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्