Shikhar Insurance

माधव नेपाललाई जननेताको संज्ञा, ‘गिरिजाजस्तै भरोसा गर्नयोग्य नेता’

सिंहदरबार संवाददाता
२०७८ श्रावण १८, सोमबार १७:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई जननेताको संज्ञा दिएका छन् । नेता नेपालले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको यादवको भनाई छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो । संविधान, व्यवस्था र कानूनको रक्षाको लागि अडान लिनुभयो । अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाईट घट्दैन्, बरु बढ्छ ।’ उनले माधव नेपाललाई गिरिजा प्रसाद कोइरालासँग तुलना गरे । उनले भने, ‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपालपनि त्यस्तै हुनुभएको छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

उनले माधव नेपाल समूहपनि ढिलो/चाँडो सरकारमा सहभागी हुने विश्वास दिलाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सुनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्