Shikhar Insurance

सिटिजन्सको नयाँ शाखारहित बैंकिङ्ग सेवा बर्दियाको जोगीगाउँमा

सिंहदरबार संवाददाता
२०७८ श्रावण १८, सोमबार १७:५२
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा यहि शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर थारु लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १ सय ८९ वटा शाखा, १ सय १७ वटा एटीएम र १ सय ११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्