Shikhar Insurance

म्याद सकिएका वस्तुमा नयाँ लेबल राखी बेच्ने गिरोह प्रक्राउ, २ करोडको सामान बरामद (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ श्रावण १९, मंगलवार १६:०२
NIMB
Nabil Bank

काठमाडौं । म्याद सकिएका कस्मेटिक तथा सवारीसाधन सफा गर्ने वस्तुमा नयाँ मिति राखेर बजारमा बिक्री गर्ने दुई जनालाई प्रक्राउ गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल प्रहरीको सहयोगमा अविनाश अग्रवाल र महावीर गुजार (भारतीय नागरिक) लाई प्रक्राउ गरेको हो । दुई जनाले म्याद सकिएका वस्तुमा नयाँ मिति राखेर बिक्री गर्दै आएको गुनासोका आधारमा विभागले प्रहरीको समन्वयमा आइतबार काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–१५ सानो भर्‍याङस्थित रहेको समीट कमर्सियल प्रालिमा छापा मारेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले उत्पादन गर्ने म्याद समाप्त भएका कस्मेटिक तथा सवारी साधन सफा गर्न प्रयोग हुने वस्तुहरूमा नयाँ लेबल लगाई विक्री वितरण गरेको भेटिएपछि गोदाममा शिलबन्दी गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए । गोदाममा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानको काम शुरु भएको छ ।

“हामीले थाहा पाएसम्म भारतलगायतका देशबाट उक्त वस्तुको आयात गरी खुद्रा तथा होलसेललाई बिक्री गर्ने गरेका रहेछन् । उनीहरुले कस्मेटिकका मात्र सयौँ प्रकार रहेको भनेका छन् । थप वस्तु तथा तीनका प्रकारको विषयमा अनुसन्धान शुरु भइसकेको छ,” सेढाईंले भने ।

पक्राउ परेका व्यक्ति
१. नाम : अभिनाष अग्रवाल
वर्ष:-३१
वतन:- जिल्ला पर्सा विरगञ्ज महानगरपालिका वडा नं. १३
हाल :- का.जि. का.म.न.पा. वडा १३, छाउनी ।
२.नाम:- महावीर गजुर
वर्ष:-४१
वतन:- भारत राजस्थान सिकर जिल्ला
हाल : का.जि. का.म.न.पा. वडा १५ सानो भर्याङ ।
बरामद सामानको विवरण :
१. म्याद गुज्रेका जम्मा २ करोड बराबरको सामनहरु

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

May be an image of ‎text that says "‎No.200 TUSCAN LADY ESTELLE OUD SIGNATURE 1847 ם No. 300 口 No. 200 TUSCAN LADY 口 ESTELLE ESTELLEOU OUD SIGNATURE 1847 口 No. 300 No. 200 口 TUSCAN LADY ESTELLE OUD SIGNATURE Arah mirates 1847 No. 300 No. 200 ם TUSCAN LADY ם ESTELLE OUD ם SIGNATURE 1847 No. 300 No. 200 TUSCAN LADY ESTELLE OUD SIGNATURE 口 1847 - No. 300 G No. 200 0 TUSCAN LADY ESTELLE OUD SIGNATURE دنول__ااقد واا‎"‎

No photo description available.

May be an image of bottle

 

GBIME

प्रतिक्रिया दिनुहोस्