Shikhar Insurance

भूमाफिया मल्होत्राले हडपेको बबरमहलको सार्वजनिक जग्गामा बगैंचा बन्दै

सिंहदरबार संवाददाता
२०७८ श्रावण १९, मंगलवार १६:२१
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं महानगरपालिका–११, वसन्तनगरस्थित किङ्स कलेजसँगैको दुई रोपनी १४ आना सार्वजनिक जग्गामा उद्यान निर्माण गरिने भएको छ । व्यवसायी दीपक मल्होत्राले अतिक्रमण गरी संरचना बनाएर हडपेको यो जग्गा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको नेतृत्वमा वडाका जनप्रतिनिधिसमेतको सक्रियतामा खाली गरिएको थियो ।

सार्वजनिक जग्गा खाली गरेसँगै उद्यान निर्माणका लागि जग्गा सम्याउन थालिएको छ । व्यक्तिले हडपेको सार्वजनिक जग्गालाई फेरि सार्वजनिक स्वामित्वमा ल्याएर उद्यान निर्माण गर्न लागिएको ११ नं वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सार्वजनिक जग्गा आजदेखि सम्याउन शुरु गरिएको पनि उनले सुनाए । स्थानीयवासी लाभान्वित हुने गरी त्यस क्षेत्रमा उद्यान निर्माणको योजना तयार गरिएको जानकारी वडा कार्यालयले जनाएको छ । भू–माफियाले काठमाडौं क्षेत्र नं. १ मा हडपेको जग्गा क्रमशः राज्यको स्वामित्वमा ल्याउने अभियानमा लागेको प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिए ।

अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गरी उद्यान निर्माण गरेर भूकम्प, बाढी, डुबानजस्ता प्राकृतिक विपत्ति पर्दा उपयोग गर्न सकिने गरी सुरक्षित राख्न लागिएको उनले बताए । यसका लागि काठमाडौं महानगरपालिका र वाग्मती प्रदेश सरकारबाटसमेत बजेट व्यवस्थापन गर्न लागिएको जनाइएको छ ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्