Shikhar Insurance

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई हटाउने सरकारको तयारी

सिंहदरबार संवाददाता
२०७८ श्रावण १९, मंगलवार १६:४१
NIMB
Nabil Bank

काठमाडौं । तत्कालीन केपी ओली सरकारबाट नियुक्ति पाएका नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने तयारी गरिएको छ । शाक्यको काम कारबाहीप्रति सन्तुष्ट नभएको जनगुनासोलाई सम्बोधन गरी देउवा सरकारले शाक्यलाई नेतृत्वबाट हटाउने भएको हो ।

निवर्तमान केपी ओली सरकारले प्राधिकरणमा सिनियर कर्मचारी हुँदाहुँदै शाक्यलाई नेतृत्वको जिम्मा दिएको थियो । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोहोरिन नदिएर शाक्यलाई हस्तान्तरण गरिएको प्रति आम जनमानसमा तीब्र असन्तुष्टि थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणमा शाक्य आउनासाथ बेलाबेला पावर कट हुने समस्या बढेको थियो भने घिसिङका पाला भएका सकारात्मक पहल शाक्यले निरन्तरता दिन सकेका थिएनन् ।

केही दिनअघिमात्र शाक्यले घिसिङको कुशल नेतृत्वमा सघाएका पूर्वप्रवक्ता तथा निर्देशकको जबरजसती राजीनामा गराएका थिए ।

अहिले सरकारले कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन सरकारले आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको सामुन्ने जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेकी हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्