Shikhar Insurance

हानको प्रश्नः होटल क्षेत्रलाई दिन्छु भनेको ६० हजार डोज खोप खोइ ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १९, मंगलवार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । होटल संघ नेपाल (हान) नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेटवार्ता गरेको छ । हानकी अध्यक्ष सृजना राणा र द्वितीय उपाध्यक्ष प्रविण बहादुर पाण्डेले राज्यमन्त्री श्रेष्ठसँग भेट्दै कोभिड–१९ को माहामारीबाट विस्तारै आन्तरिक पर्यटनमार्फत चलायमान हुन थालेको पर्यटन व्यवसाय दोस्रो लहरको कोभिडबाट अत्यन्तै संकटग्रस्त अवस्थामा पुगेको जानकारी गराए ।

अध्यक्ष राणाले विश्वका कतिपय मुलुकहरुमा कोभिडविरुद्धको खोपको मात्रा पुरा गरेका विदेशीहरु नेपाल आउन तत्पर रहेको हुँदा यस पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीहरुलाई खोप उपलब्ध गराउन सके पर्यटक आगमनको सम्भावना रहेको जानकारी गराउँदै अविलम्ब पर्यटन उद्योगमा संलग्न व्यक्तिहरुलाई कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउन माग गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

संघको अनुरोधमा होटल क्षेत्रको लागि ६० हजार खोप प्रदान गर्न स्वीकृत भई आवश्यक तयारी साथ सबै क्षेत्रीय संघहरुमा समेत जानकारी गराइसकेको तर आजका दिनसम्म पनि विशेषतः उपत्यकाबाहिर होटल क्षेत्रमा खोप नपुगिसकेको हुँदा देशैभरिबाट तीब्र रुपमा माग भई आएको जानकारी गराउँदै उनले होटलमा अग्रपंक्तिमा रही कार्य गर्ने कामदार तथा कर्मचारीहरुलाई खोप दिलाई पर्यटन पुनरुत्थान गर्न ढुक्क भई काम गर्न सक्ने वातावरण नभएसम्म होटल सञ्चालन गर्न नसकिने यथार्थता रहेको बताए । उनले अहिलेसम्म खोप पाउन नसकेका देशैभरका होटलसँग सम्बन्धित व्यक्तिहरुका लागि अविलम्ब खोप वितरण गरी पर्यटन पुनरुत्थान र यस व्यवसाय सञ्चालनका लागि सुनिश्चितता प्रदान गरिदिनसमेत आग्रह गरे । भेटघाटका अवसरमा राज्यमन्त्री श्रेष्ठले यथाशक्य खोप उपलब्ध गराउने आश्वासन दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्