Shikhar Insurance

सात करोडको राजश्व छल्ने मोबाइल व्यापारी विरुद्ध १४ करोडको मुद्धा

सिंहदरबार संवाददाता
२०७८ श्रावण १९, मंगलवार २०:५७
NIMB
Nabil Bank

काठमाडौं । सात करोड भन्दा बढीको राजश्व छल्ने मोबाइल व्यापारी विरुद्ध १४ करोड भन्दा बढीको कर छली सम्बन्धी मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले रुपन्देहीको सिद्धार्थ नगरस्थित एभरेष्ट मोबाइल सेन्टरका प्रोप्राइटर कृष्ण ज्ञवालीले ७ करोड ३७ लाख ७५ हजार ७ सय ७६ रुपैयाँ कर छलेको अभियोगमा मुद्धा दायर गरेको हो ।

ज्ञवालीको एभरेष्ट मोबाइल सेन्टरले आर्थिक वर्ष २०७३।७४ देखि २०७५।७६ सम्ममा सो मात्रामा राजश्व छलेका हुन् । उनी विरुद्ध विगोको शत प्रतिशत हुने गरि १४ करोड ७५ लाख ५१ हजार एक सय ५२ रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्