Shikhar Insurance

एक अर्ब ६४ करोडको आईपीओका लागि तीन कम्पनी बोर्डमा, कसको कति ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार ११:१२
NIMB
Nabil Bank

काठमाडौं । एक अर्ब ६४ करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति माग्दै तीन वटा कम्पनी धितोपत्र बोर्ड पुगेका छन् । त्यसरी आईपीओको अनुमति माग्दै बोर्ड पुग्ने कम्पनीहरुमा एउटा जीवन बीमा कम्पनी, एउटा लुघवित्त र एउटा हाइड्रो पावर कम्पनी छन् ।

प्रियममा आईपीओ जारी गर्ने अनुमति माग्दै रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आवेदन दिएको छ । ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको रिलायबलले प्रति कित्ता एक सय १२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २ सय १२ रुपैयाँमा आईपीओ निष्काशन गर्ने भनेको छ । सोही मूल्यमा निष्काशन अनुमति पाएमा कम्पनीले एक अर्ब २७ करोड २० लाख रुपैयाँको आईपीओ जारी गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

उता, उपकार लघुवित्त वित्तिय संस्थाले पनि २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५ कित्ता आईपीओ निष्काशनका लागि अनुमति मागेको छ । रिभर फल्स पावर लिमिटेडले पनि आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ ल्याउँदैछ । कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

रिलायबल लाइफको आईपीओ जारी गर्न सिभिल क्यापिटल बिक्रि प्रबन्धक नियुक्त भएको छ भने उपकार लघुवित्तको बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त भएको छ । रिभर फल्सको आईपीओ भने प्रभु क्यापिटलले निष्काशन गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्