Shikhar Insurance

लघुवित्तले अस्वभाविक नाफा गरे, हामी हेर्छौं: गभर्नर

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार १२:५३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त कम्पनीहरूले अस्वभाविक नाफा गरेको बताएका छन् ।

गभर्नर अधिकारीले प्रतिनिधि सभाको अर्थ समितिमा बोल्दै गत आवको वित्तीय विवरणका आधारमा लघुवित्तको नाफा बढी भएको बताए । समितिमा बोल्दै अधिकारीले भने, “लघुवित्तले १५ प्रतिशत भन्दा ब्याज लिन नपाउने व्यवस्था गरेका छौं । तैपनि नाफा अस्वभाविक छ ।” लघुवित्त कम्पनीहरूले धमाधम गत आवको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरूको नाफामा पनि राम्रो वृद्धि भएको देखिन्छ । वाणिज्य बैंकको रिटर्न अन इक्विटी घट्नुको कारण चुक्तापुँजी बढी हुनु उनको भनाइ छ । गभर्नर अधिकारीका अनुसार बैंकहरू नाफा राम्रै भएपनि वृद्धिदर राम्रो नभएको गुनासो बैंकहरूले गर्ने गरेका छन् ।

उनले भने, “बैंकहरूको ब्याज हामीले तोक्ने होइन, स्प्रेडमात्र तोक्ने हो । त्यो पनि आफैं तोक्ने व्यवस्था गर्न उनीहरूको माग छ, जुन हामी गर्दैनौं ।”

GBIME

प्रतिक्रिया दिनुहोस्