Shikhar Insurance

एक आर्थिक वर्षमा २ हजार ५०० नयाँ उद्योग दर्ता

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार १३:४३
NIMB
Nabil Bank

मकवानपुर । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौँडाले जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा २ हजार ५०० वटा नयाँ उद्योग तथा व्यवसाय सञ्चालनका लागि अनुमति दिएको जनाएको छ ।

कार्यालयका अनुसार एक हजार ६९८ वटा नयाँ उद्योग तथा ८०२ वटा नयाँ वाणिज्य गरी कूल दुई हजार ५०० उद्योग तथा व्यवसाय सञ्चालनका लागि उक्त अवधिमा दर्ता भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै कार्यालयले गत आर्थिक वर्षमा उद्योग तथा व्यवसायको नयाँ तथा नवीकरण दर्ता लगायत व्यवसाय रजिष्टे«शन, प्रशासनिक सेवा शुल्क, दण्डजरिवाना र बेरुजु असुलीबाट ५ करोड ३ लाख आठ हजार ८६८ राजस्वसमेत सङ्कलन भएको बताइएको छ ।

प्राप्त विवरण अनुसार गत आर्थिक वर्षमा व्यवसाय रजिष्टेशनबाट ४ करोड ७२ लाख ५६ हजार ७४८ , प्रशासनिक सेवा शुल्कबाट २२ लाख ५० हजार ३२०, दण्डजरीवानाबाट ८ लाख र बेरुजुबाट १८ हजार गरी जम्मा ५ करोड तीन लाख आठ हजार २५ हजार ६८ सङ्कलन भएको उल्लेख गरिएको छ ।

सरकारले अनुदान तथा व्यवसाय गर्नेलाई विभिन्न छुट सेवा दिनेदेखि बैंकिङ प्रयोजनमासमेत सहजता ल्याएपछि व्यवसाय दर्ता वृद्धि भएको र राजस्वमासमेत वृद्धि भएको कार्यालय प्रमुख जगन्नाथ दाहालले बताए । कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण ५ लाख पूँजीसम्मका व्यवसाय स्थानीय तहमा दर्ता हुने भए पनि अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा १२४ प्रतिशतले राजस्व वृद्धि भएको जनाइएको छ ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २ करोड २४ लाख ८६ हजार ८२० कूल विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आर्थिक वर्षमा उद्योगतर्फ नवीकरण ७८६ वटा, नामसारी ११५ वटा, ठाउँसारी ४३ वटा, उद्योग थप गरी ५५ वटा लगत कट्टा १०१ वटा, पुँजी वृद्धि ३०० र प्रतिलिपी प्रदान ९५ जनालाई दिएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्