Shikhar Insurance

७२ हजार घुससहित बुढानिलकण्ड नगरका सब इञ्जिनियर पौडेल पक्राउ

सिंहदरबार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार २०:२०
NIMB
Nabil Bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७२ हजार घुस लिएको अभियोगमा बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनीयर विनोदकुमार पौडेललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट शुक्रबार पक्राउ गरिएको हो । आरोपी सबइन्जिनीयर पौडेलको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्