Shikhar Insurance

ओलीले जति गाली गरेपनि पार्टी एकताकै पक्षमा लागिरहन्छुः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार २०:३५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफु पार्ट एकताका पक्षमा लागिरहने बताएका छन् । आफु पक्षिय केन्द्रिय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले केपी ओलीले जति नै गाली गरेपनि आफु भने पार्टी एकताका लागि दृढ रहेको बताएका हुन् ।

बिहिबार र शुक्रबार दुई दिन चलेको नेपाल समुहको केन्द्रिय कमिटी बैठकको समापनमा धारणा राख्दै नेपालले एमाले पार्टी आफुले निर्माण गरेकाले त्यसलाई जोगाउन पनि आफैं लागिपर्ने बताएका हुन् । उनले ओली जेलमा रहँदा आफुले गाउँ गाउँ पुगेर एमाले पार्टी निर्माण गरेको स्मरण पनि गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

दुई दिन चलेको बैठकले पार्टी एकताका लागि प्रयास गर्ने निर्णय गर्दै सो सम्बन्धी जिम्मेवारी स्थायी कमिटीलाई दिने निर्णय पनि गरेको छ ।
एमाले अध्यक्ष ओलीले संसद बिघठन प्रति आत्मालोचना गर्नुपर्ने, सर्वाेच्च अदालतको फैसलालाई स्वागत गर्नुपर्ने र पार्टी निर्णयमा दुई नेताको अनिवार्य हस्ताक्षर हुनुपर्ने बटम लाइन तय गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्