Shikhar Insurance

क्यूआरको दोस्रो नाम बन्दै ‘फोनपे’, वर्षदिनमै २ सय ५४ प्रतिशतले बढे मर्चेन्ट !

सिंहदरबार संवाददाता
२०७८ श्रावण २४, आईतवार ०९:४२
NIMB
Nabil Bank

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ डिजिटल भुक्तानीको क्रान्तिकारी वर्ष बनेको छ । नेपाल राष्ट्र बैंकको नीति तथा गभर्नर महाप्रसाद अधिकारीको तदारूकताका कारण क्यूआर कोडको उपयोगमा ठूलो उपलब्धि हासिल भएको छ ।

अघिल्लो आर्थिक वर्षबाटै सुरू भएको क्यूआर अभियानका कारण क्यूआर मर्चेन्ट बढ्दा छन् । सर्वसाधारण पनि सामाग्री खरिदको भुक्तानीका लागि ‘फोन पे छैन ?’ भन्दै प्रश्न गर्छन् । र, सम्भव भएसम्म नगद तिर्न खोज्दैनन् । फोनपे क्यूआर भुक्तानीको दोस्रो नाम बनिसकेकामा दुईमत छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

डिपार्टमेन्टल स्टोर, तरकारी बजारदेखि मन्दिरको भेटीसम्म क्यूआरबाटै तिर्न सकिन्छ । डिजिटल भुक्तानीको सुरूवात भएको १२ वर्ष हुँदा अधिकांश काममा नगदको झन्झट हटिसकेको छ । नगदबाट विश्वव्यापी महामारी कोभिड १९ रोगको संक्रमण फैलने डरले त अझ डिजिटल माध्यम भुक्तानी प्रणालीको संजिवनी बनेको छ ।

यो कामको फ्रन्टलाइनमा छ, फोनपे । फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ६० हजार भन्दा बढि मर्चेन्ट छन् । १ करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

डिजिटल भुक्तानीको यो लहर विश्वव्यापी कोरोना महामारीको कहरले जन्माएको थियो । जसको उपलब्धि पछिल्लो आर्थिक वर्षको तथ्यांकले स्पष्ट पार्छ । अघिल्लो वर्षको तुलनामा फोनपे मर्चेन्टको संख्या २ सय ५४ प्रतिशतले बढेको छ । वर्षदिनमै फोनपेमा आवद्ध मर्चेन्टको संख्या अढाई गुणाले बढेको हो । मर्चेन्ट भन्नाले क्यूआर कोड स्ट्यान्डबाहक व्यवसाय बुझाउँछ ।

मोबाइल एपबाटै विद्युत, केबुल, इन्टरनेट, स्कुल-कलेजका शुल्कसँगै किनमेल पनि गर्न मिल्ने सुविधा हुँदा फोनपेले भुक्तानीको तरिका सहज बनाएको छ । बैंकहरूको मोबाइल वालेटमा यस्तो सुविधा थपिएपछि डिजिटल भुक्तानीको दायरा झनै फराकिलो बनेको हो । अधिकांश बैंक तथा वित्तीय सस्थाले फोनपे कै प्रणाली उपयोग गर्ने तथ्यांकले नै देखाउँछ ।

यसलै दैनिक आवश्यक सरसामान खरिदका लागि क्यूआर वैकल्पिक भुक्तानी प्रणालीबाट बाध्यता हुँदै अब अनिवार्य बन्दै गएको देखाउँछ ।

फोनपेबाट सिंहदरबारलाई प्राप्त केही तथ्यांक हेर्दा डिजिटल अर्थतन्त्र निर्माणमा फोनपेको योगदान अद्वितीय रहेको संकेत गर्छ ।

फोनपेको क्यूआर कोड प्रयोग गरी दैनिक करिब २० करोड रुपैयाँभन्दा बढीको कारोबारको भइरहेको छ । यो कारोबार दैनिक ४० हजारको संख्याको फोनपे क्यूआर प्रयोग गरी हुने कारबार हो ।

कम्पनीका अनुसार कुल कारोबार रकमको ८० प्रतिशत मोबाइल बैंकिङ एपबाट हुने गर्छ । र, बाँकी २० प्रतिशत कारोबार भोल्युम इसेवा, आइएमइ पे र सेलपेलगायत अन्य वालेटबाट हुने गरेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार क्यूआर कोडबाट जुनमध्येमा पाँच लाख दुई हजार ६६६ कारोबार भएर झण्डै दुई अर्ब रुपैयाँ भुक्तानी भएको जनाएको छ।

फोनपे नेटवर्कमा दर्ता हुने प्रयोगकर्ताको संख्या भने १ करोड ३० लाख नाघिसकेको छ। क्यूआर कोड भुक्तानीको पूर्वाधारदेखि प्राविधिक विकासमा उल्लेखनीय भूमिका एफवान सफ्टअन्तर्गत रहेको कम्पनी फोनपेकै छ।

GBIME

प्रतिक्रिया दिनुहोस्