Shikhar Insurance

‘शासक पारदर्शी भएको भए मध्यरातमा संसद विघटन हुन्थेन, मन्त्री र सचिवको कार्यकक्षमा सीसीटीभी चाहियो’

सिंहदरबार संवाददाता
२०७८ श्रावण २४, आईतवार १७:०४
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवाकोटाले हरेक मन्त्री र सचिवका गुप्त कोठामा सीसी क्यामेरा राख्नुपर्ने बताएका छन् । शासन प्रणालीलाई पारदर्शी बनाएर जनतालाई राज्यले दिने सेवा र सुविधा पारदर्शी बनाउनुपर्ने सुझाव दिने क्रममा उनले यस्तो बताएका हुन् ।

आइतबारको राष्ट्रिय सभाले देवकोटाले भने, “यो सरकारले हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा गरिरहेका काम कारबाहीको बारेमा जानकारी दिन कोठाबाहिर पनि देखिने गरी सीसी क्यामेरा राखियोस् । गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन । शासकहरू पारदर्शी भएनन् ।”

Citizen Life
Kumar Bank
Nepal Life

राज्यका अंगहरू पारदर्शी भएमा जनताले सबै कुरा देख्ने र ती अंगमा बस्ने पदाधिकारीले गलत काम गर्न नपाउने देवकोटाले बताए । “पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागज मिलाएर राति २ बजे संसद् विघटन गर्ने हिम्मत गर्ने थिएन,” उनले भने ।

कर्मचारीका हरेक कोठामा सीसी क्यामेरा राखेमा उनीहरूका अनावश्यक क्रियाकलापमा बन्देज लाग्ने देवकोटाको भनाइ छ । संघ, प्रदेश र स्थानीय तहका कर्मचारीका कोठा-कोठामा सीसी क्यामेरा राख्ने सुझाव उनले दिएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्