Shikhar Insurance

मिस्टर नेपाल उपाध्यायलाई पर्यटन बोर्डले गर्‍यो बिदाइ, पोल्यान्डमा कस्तो प्रदर्शन गर्लान् ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २४, आईतवार १८:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पर्यटन बोर्डले पोल्याण्डमा आयोजना हुने ‘सुप्रा नेसनल प्रतियोगिता–२०२१’मा नेपालको प्रतिनिधित्व गर्ने मिस्टर नेपाल–२०१९ का विजेता डा. सन्तोष उपाध्यायलाई बिदाई गरेको छ । बोर्डको बिदाईसँगै उपाध्याय प्रतियोगिताको लागि शनिबार पोल्याण्ड प्रस्थान गरे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले उपाध्यायलाई नेपाली खादा सहित नेपालका प्रचारात्मक सामग्री हस्तान्तरण गर्दै बिदाई गरे । अगस्ट १२ बाट बन्द प्रशिक्षणसहित आयोजना हुने ‘सुप्रा नेसनल प्रतियोगिता–२०२१ को फाइनल अगस्ट २२ मा हुने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. रेग्मीले उपाध्यायले प्रतिनिधत्व गर्ने यस प्रतियोगिताले विश्वमञ्चमा नेपालको परिहचानलाई थप उजागर गर्ने बताए । ‘विश्वमा विभिन्न देशबाट प्रतिनिधत्व हुने कार्यक्रम भएकोले नेपाल र नेपालको पर्यटनलाई उजागर गर्न यो राम्रो प्लेटफर्म बन्न सक्छ । नेपाल साहसिक पर्यटनका लागि उर्पयुक्त गन्त्वय रहेको सन्देश दिँदै आयोजक र सहभागिलाई नेपाल प्रति आर्कषित गर्न सकिन्छ । यसले नेपालको पर्यटनमा प्रत्यक्ष परोक्ष रुपमा प्रभाव पार्ने नै छ,’ उनले भने । सीईओ डा. रेग्मीले कोभिडले विश्वव्यापी रुपमा पर्यटन प्रभावित भएको समयमा आयोजना हुन गइरहेको यो कार्यक्रमबाट नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउन र युवाहरुलाई नेपाल आउन आग्रह गर्न सकिने बताए ।

विदाई कार्यक्रममा डा.सन्तोष उपाध्यायले आफुले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड जान लागेकोले प्रतियोगितामा सहभागितासँगै सकेसम्म नेपाल चिनाउने प्रयत्न गर्ने बताए । उनले आफूले कार्यक्रममा प्रस्तुत गर्ने भिडियो सामग्रीमा समेत नेपालको पर्यटनलाई प्राथमिकता दिएर तयार पारेको जानकारी दिए । ‘नेपाल बहुसाँस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक हो । त्यसैले मैले नेपालको विविधतायुक्त पहिचानलाई कार्यक्रममा प्रस्तुत गर्ने जमर्को गर्ने छु । जसबाट कार्यक्रममा सहभागीहरुले एक पटक नेपाल भ्रमण गर्ने अपेक्षा गरुन्’ उनले भने । मिस्टर नेपालको उपाधिलाई विश्वसामु फैलाउने र ‘सुप्रा नेसनल प्रतियोगिता–२०२१ हात पार्ने गरी आफूले तयारी गरिरहेको जानकारी दिँदै उपाध्यायले यो कार्यक्रमको सहभागिताले मात्रै पनि नेपाललाई विश्वमाझ थप परिचित गराउन सहयोग पुग्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्