Shikhar Insurance

सानिमा लाइफको आईपीओमा २४ लाखको आवेदनः ९ मध्ये २ जनालाई १०–१० कित्ता

सिंहदरबार संवाददाता
२०७८ श्रावण २४, आईतवार २०:३०
NIMB
Nabil Bank

काठमाडौं । सानिमा लाइफको आईपीओ हरेक ९ जना आवेदकमध्ये २ जनाले १०–१० कित्ता पाउने भएका छन् । इन्स्यारेन्सको आईपीओमा २४ लाख १९ हजार जनाले आवेदन दिएका छन् । जुन संख्या आईपीओ पाउनेको भन्दा ४.५ गुणा बढी हो ।

इन्स्योरेन्सको आईपीओमा चौथो दिन ६.८४ गुणाले ओभर सब्सक्राइब भएको हो । साउन २० गतेबाट निष्काशन भएको प्राथमिक निष्काशनमा आज साँझ ५ बजेसम्म २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयरको लागि आवेदन परेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्