Shikhar Insurance

सर्वोच्चले रिट दर्ता गर्न मानेन, शंकर पोखरेलको पद धरापमा

सिंहदरबार संवाददाता
२०७८ श्रावण २५, सोमबार ०८:०१
NIMB
Nabil Bank

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बोलाएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकर (दरपीठ) गरेको छ ।

अधिवक्ता प्रवेश केसीले आज प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेस गरेको रिट निवेदनलाई सम्बन्धित पक्ष नआएका कारण र हकदैया नपुग्ने उल्लेख गर्दै दर्ता अस्वीकार गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रतिपक्षी सांसदहरूले विशेष अधिवेशनको समावेदन दिएपछि प्रदेश प्रमुख शेरचनले यही २७ साउनमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए । सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्