Shikhar Insurance

कृषि विकास बैंकको नाफा १०.८१ प्रतिशतले बढेर ३ अर्ब ६९ करोड, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार ०९:१८
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंकको नाफा ३ अर्ब ६९ करोड पुगेको छ । बैंकले आर्थिक वर्ष २०७६।७७ को तुलनामा १०.८१ प्रतिशतले नाफा वृद्धि गरेको हो । सो आवमा बैंकको त्यस्तो नाफा ३ अर्ब ३३ करोड रुपैँया थियो ।

बैंकको वितरण योग्य मुनाफा एक अर्ब ७३ करोड रुपैँया रहेको छ । बैंकले आफ्ना लगानीकर्तालाई गत आवको नाफाबाट १०.५३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

Citizen Life
Kumar Bank
Nepal Life

१६ अर्ब ४२ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ६१ करोड रुपैँया रहेको छ । एक खर्ब ६२ अर्ब निक्षेप संकलन गरेर बैंकले एक खर्ब ५२ अर्ब कर्जा लगानी गर्दा ६ अर्ब ६२ करोड रुपैँया खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले सेयर कारोबारबाटै ५० करोड रुपैँया आम्दानी गरेको देखिन्छ । बैंकको स्प्रेड दर ४.३७ प्रतिशतमा झरेको छ भने आधार ब्याज दर ७.१३ प्रतिशत कायम छ । कस्ट अफ फण्ड ४.७० प्रतिशत रहँदा खराब कर्जा १.८४ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्