Shikhar Insurance

सर्लाहीको विद्यालयमा पुकुदिदी फान्डेसनको सहयोग

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार १३:०१
NIMB
Nabil Bank

काठमाडौं । सर्लाहीको एक विद्यालयमा पुस्तकालय स्थापना गरी ८ थान कम्प्युटर उपलब्ध गराएको छ । सर्लाहीको विकट गाउँ सीसौट–४ स्थित वागमती माध्यमिक विद्यालयमा पुकु दिदी फाउन्डेसन, नेपाल बैंक र मनराम फाउन्डेसनले सहयोग गरेका हुन् ।

पुकु दिदी फाउन्डेसन र नेपाल बैंकले ८ थान कम्प्युटर सेट तथा एसेसरिज प्रदान गरेका हुन् भने ३ संस्था मिलेर पुस्तकालय बनाइदिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पुकु दिदी पुस्तकालयको उद्घाटन गाउँपालिका अध्यक्ष नीतुदेवी यादवले गरिन् । जहाँ पुकु दिदी फाउन्डेसनकी अध्यक्ष शुभा पौडेलले सहयोग हस्तान्तरण गरेकी हुन् ।

स्थानीय समाजसेवी, अभिभावक, शिक्षक, विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रमा आयोजना भएको थियो । यो सहयोगबाट विद्यालयका १२ सय विद्यार्थी लाभान्वित हुनेछन् ।

पुकु दिदी फाउन्डेसनले सो विद्यालयमा वि.सं. २०७५ सालदेखि छात्रवृत्तिका अतिरिक्त अन्य आवश्यक सहयोग तथा सुधारका कामा गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्