Shikhar Insurance

प्राधिकरणमा कुलमानको शानदार इन्ट्री, सबैभन्दा सुरुमा ‘झ्याप्प झ्याप्प बत्ती जाने समस्या’ हटाउने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार १८:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी कुलमान घिसिङले पदबहाली गरेका छन् । कार्यकारी निर्देशक घिसिङले बुधबार रत्पार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन् ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त घिसिङले आफ्नो ४ वर्ष कार्यकाल पूरा गरी गत वर्षको भदौमा प्राधिकरणबाट बिदाई भएका थएि ।

Citizen Life
Kumar Bank
Nepal Life

पदबहालीपछि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा घिसिङले आफ्नो व्यक्तिगत जीवनकै सैभन्दा ठूलो चुनौती स्वीकारेर आएको र सरकारले दिएको जिम्मेवारी दृढताकासाथ वहन गरी आम शेभेच्छुकहरुको विश्वासलाई फेरि पनि अझ उचाइमा लैजाने प्रतिबद्धता जनाए ।

“म विद्युत प्राधिकरणमा आउनै पर्छ भन्ने थिएन, सरकारले दिएको जिम्मेवारी र मलाई प्राधिकरणमै रहेको देख्न चाहाने सर्वसाधारणको अपेक्षालाई पूरा गर्न जीवनकै सबैभन्दा ठूलो जोखिम मोलेर आएको छु,” उनले भने । “विगतमा गलत काम भएको भए सच्याउने, राम्रा कामलाई अगाडि बढाउने र नयाँ कार्यक्रम सुरु गर्ने भिजनसहित आएको छु, कसैको कुरा काट्ने र विरोध गर्नेभन्दा पनि सरकारकाले दिएको निर्देशन तथा कार्ययोजना कार्यानयनका गर्न कठोर भएर काम गर्नु पर्ने छ ।”

सुशासनमा कठोर बन्दै सेवा प्रवाहलाई अझै सुधार गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गदै घिसिङले अहिले आम उपभोक्ताले गुनासो गर्ने गरेको झ्याप्प झ्याप्प बत्ति जाने समस्या समाधान गरी विद्युत आपूर्तिको गुणस्तर तथा विश्वसनीयता सुधारमा केन्द्रित हुने प्रतिबद्धता जनाए ।

“विगतमा हासिल भएका उपलव्धीलाई संस्थागत गर्नु,उत्पादित विद्युत खपत बढाउने तथा वजार व्यवस्थापन गर्ने, विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्ने उत्पादन, प्रसारण तथा वितरणतर्फका निर्माणाधीन आयोजनाको काम सम्पन्न गर्ने र नयाँ सुरुवात गर्ने, विद्युतीकरण गर्ने , संस्थागत सुशासन कायम गरी सेवा प्रवाह सुधार गर्नेतर्फ केन्द्रित हुने छौं’” उनले भने ।

कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले अहिलेको चुहावट हटाउन, संस्थाको नाफा बढाउन कार्यकारी निर्देशक घिसिङको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे । “बिरामी प्राधिकरणको उपचारका लागि कार्यकारी निर्देशक डाक्टर भएकाले संस्थालाई बचाउन शल्यक्रिया गर्ने, काट्ने उहाँकै हातमा छ,” कोइरालाले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्