Shikhar Insurance

मुख्यसचिव र सेनापतिको तलब बराबर, प्रहरी र सशस्त्रका प्रमुखको उत्तिनै, तपाईंको कति ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार २१:४९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु हुने गरि नयाँ तलबमान सार्वजनिक गरिसकेको छ । केपी ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेटले सरकारी ढुकुटीबाट तलब लिने सबैको समान २ हजार रुपैयाँ तलब वृद्धि गरेको थियो । सोही अनुसार मन्त्रिपरिषदले साउन १ गतेबाटै लागु हुने गरि नयाँ तलबमान तय गरेको हो ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको नयाँ तलब मान अनुसार मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको तलब बराबर छ । मुख्य सचिव र सेनापतिले समान रुपले मासिक ७१ हजार ६ सय १६ रुपैँया तलब पाउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको तलब पनि बराबर रहेको छ । यी दुवै सुरक्षा निकायका प्रमुखहरुको तलब ६६ हजार ८ सय ६० रुपैँया रहेको छ ।

सरकारले निजामति, सेना, दुबै प्रहरी, प्रदेश र स्थानीय तहका कर्मचारी, शिक्षक लगायत सबैको नयाँ तलब मान सार्वजनिक गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्