Shikhar Insurance

‘कोरोना र राजनीति भन्दै निरास भएर बस्ने अवस्था छैन्, उद्योग व्यवसाय चलाएर देश बनाउने हो’

राजेन्द्र मल्ल
२०७८ श्रावण २७, बुधबार २२:१६
NIMB
Nabil Bank

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष हुन्, राजेन्द्र मल्ल । पर्यटन, उड्डयन, बीमा लगायतका थुप्रै क्षेत्रमा लगानी गरेका मल्लले कोरोनालाई देखाएर निरास हुँदै बस्ने छुट नभएको बताउँदै आएका छन् । अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्ने बताउँदै आएका मल्लका विचारमा राजनीतिक अस्थिरताकै बीच पनि समृद्धिको यात्रा अघि बढाउन सकिन्छ ।

उनै चेम्बरका अध्यक्ष मल्लसँग सिंहदरबारले गरेको कुराकानीको सार ।

Citizen Life
Kumar Bank
Nepal Life

–कुनै पनि संस्थाहरुमा नयाँ नेतृत्व आउने वित्तिकै लाइसेन्स बाढ्ने काम राम्रो होइन् ।
–घाँटी हेरेर हाड निल्नु पर्छ, मार्केट इकोनोमी भन्दैमा भटाभट लाइसेन्स बाढ्नु हुन्न
–नेपालमा बैंकहरुले ऋण मात्रै दिईरहेका छन्, अब बैंकहरुले पनि दिर्घकालिन महत्वका पूर्वाधारमा लगानी गर्नुपर्छ, अरु देशहरुमा पनि यस्तो व्यवस्था छ ।
–कोरोनालाई देखाएर निरास भएर बस्ने सुबिधा छैन्, अब खोप लगाउने व्यवसाय गर्ने हो ।
–नेताहरु राजनीतिमा जुँगाको लडाईमा रहेपनि हामी उद्योगी व्यवसायीले आफ्नो पेशा व्यवसाय सञ्चालन गर्दै आइरहेका छौं, अब पनि गरिरहन्छौं । सकेसम्म सरकार स्थिर भईदेओस भन्ने थियो । नभए पनि हामीलाई अस्थिर सरकार झेल्ने बानी परिसकेको छ ।
–अध्यादेशबाट आएको बजेटले दिएको सुबिधाहरुलाई निरन्तरता दिँदै निजी क्षेत्रलाई थप प्रोत्साहन गर्ने नीति नयाँ बजेटले लिनुपर्छ ।
–अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्नेछ ।
–बैंकहरुले नाफा कमाए भनेर हामीलाई गुनासो छैन, तर बैंक अरु उद्योग व्यवसाय जस्तो होइन, बैंक त अर्थतन्त्रको मेरुदण्ड हो, त्यसकारण बैंकहरुले उद्योग व्यवसाय फस्टाउने गरि आधार ब्याजदर राखेर अघि बढ्नुपर्छ । त्यसका लागि मर्जर एउटा विकल्प हुन सक्छ ।
–हामीले ऋण लिने हो, कमाएर साँवा ब्याज तिर्ने हो, ऋण पनि लिन सक्ने खाले हुनुपर्छ भन्ने मात्रै हाम्रो कुरा हो ।
–वैदेशिक लगानी कुन कुन क्षेत्रमा र कति आकारको भित्र्याउने भन्ने बारे स्पष्ट धारणा हुनु आवश्यक छ ।
–चेम्बर व्यापारीहरुको मात्रै संस्था होइन, यहाँ ठूला, मझौला, साना उद्योगी व्यवसायी आवद्ध छन् ।
–हामीले एक पटकका लागि सम्पति अभिलेखिकरणको माग गर्दै आएका छौं, सरकारले त्यस्तो हिम्मत गर्न सक्नुपर्छ ।
–हामीले एकद्धार प्रणालीबाट कर तिर्न पाउनुपर्छ भनेका छौं । उद्यमी व्यवसायीले सबै सेवा एउटै ढोकाबाट प्राप्त गर्नुपर्छ ।
–मौद्रिक नीतिले पर्यटन, हवाई लगायतका क्षेत्रलाई टेवा पुग्ने गरि सुबिधा दिनुपर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्