Shikhar Insurance

बेनेलीको ७५२ एस खरिदकर्तालाई एक लाख १० हजार छुट

सिंहदरबार संवाददाता
२०७८ श्रावण २८, बिहीबार ११:५८
NIMB
Nabil Bank

काठमाडौं । बेनेली ७५२एस मोटरसाइकल खरिद गर्नेहरुले एक लाख १० हजार रुपैँया छुट पाउने भएका छन् । इटालीयन लिगेसी बोकेको बेनेलीले आफ्नो ११०औं वार्षिकोत्सवका अवसर पारि नेपालमा पनि ७५२एस खरिद गर्ने पहिलो तीन जना ग्राहकलाई एक लाख १० हजार छुट दिन लागेको हो ।

यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिन्छ र ति सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध छन् । बेनेली इटालीयन ब्राण्डको प्रख्यात मोटरसाइकल कम्पनी हो । सन् १९११ देखिनै प्रत्येक चालकको रोजाई बनेको छ । यी मोटरसाइृकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि आरामदायीको अनुभूती गरेको पाईन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि. नेपालको एक मात्र आधिकारीक बिक्रेता रहेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई विक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउदै आएको छ ।

त्यसैगरी नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२एस को उत्कृष्ट डिजाइनका साथ मिति २०७७ साल चैत्र २५ गते बेनेली शोरुम नक्सालमा उद्घाटन भएको थियो । सधैझै यसले पनि चालकको आवश्यकतालाई मध्यनजर गरिएको हुँदा एउटा नयाँ उत्साह थप्दै आनन्दको अनुभव गराउने छ ।

७५२एसको परिचय
खेलकुद तथा आकर्षक इतिहास ब्राण्डको अवधारणाको विकासले गर्दा पेसरो सहर प्रख्यात बन्न पुग्यो । बेनेली ७५२एस को सिरीजको पुर्नस्थापना गरे पश्चात यो मोटरसाइकल उच्चस्थरका भन्दा मध्यम स्तरीय मोटरसाइकल हो । जसमा बलियो, नेकड, ग्यारेन्टी, विश्वासका साथ आनन्द लिन सकिने भएको छ ।
गतिशील, ठोस तथा व्यवस्थित तवरका साथ आधुनिक डिजाईन भएको बेनेली ७५२एस धेरैको रोजाई बन्ने पक्का छ । यसको बलियो ट्युब, फ्रेम, र स्टिलको प्लेटको आकार दिएको छ । चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड कुल्ड ट्विन सिलिण्डरको इञ्जिन, ७६ एचपीमा ८५०० आरपीएम पावर जडान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्