Shikhar Insurance

अजोड इन्स्योरेन्सको नाफा ४९.६८ प्रतिशतले बढेर कति पुग्यो ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार ०९:२१
NIMB
Nabil Bank

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको नाफा साढे ९ करोड रुपैँया पुगेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ मा आफ्नो नाफा ३ करोड १६ लाख रुपैँया अर्थात ४९.६८ प्रतिशतले वृद्धि गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६।७७ मा जम्मा ६ करोड ३६ लाख रुपैँया नाफा कमाउन सफल भएको थियो ।

एक अर्ब चुक्ता पुँजी रहेको कम्पनीको बीमा कोषमा ११ करोड रुपैँया र जगेडा तथा कोषमा ९ करोड रुपैँया छ । कम्पनीको महाविपत्ति कोषमा एक करोड रुपैँया जम्मा भएको छ । कम्पनीले गत आर्थिक वर्षमा ३८ करोड रुपैँया बीमा शुल्क आर्जन गरेको देखिन्छ । जबको आव २०७६।७७ मा त्यस्तो बीमा शुल्क ३० करोड रुपैँया मात्रै थियो । अजोडले १७ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको प्रति सेयर आम्दानी ९ रुपैँया ५२ पैसा छ भने प्रति सेयर नेटवर्थ १२१ रुपैँया १० पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्