Shikhar Insurance

मर्जर अघि कस्तो देखियो हिमालयन र नेपाल इन्भेष्टमेन्टको प्रगति ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १०:०२
himalayan investment
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरका लागि सैद्धान्तिक सहमति लिएर धमाधम काम गरिरहेका छन् । मर्ज अघि दुबै बैंकले गत आर्थिक वर्ष २०७७।७८ को अपरिस्कृत चौथो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरे ।

एक बराबर एकको स्वाप रेसियोमा मर्जर गर्न लागेका दुबै बैंकले गत आर्थिक वर्षमा आफ्नो नाफामा राम्रै वृद्धि गर्न सफल भएको देखिन्छ । तर यी दुबै बैंकले नाफा बढाउन भने सेयर कारोबारलाई मुल अस्त्र बनाएको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल इन्भेष्टेमन्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६२ करोड नाफा कमाउँदा एक अर्ब २ करोड रुपैँया सेयर कारोबारबाट प्राप्त गरेको छ । उता, हिमालयन बैंकले २ अर्ब ९९ करोड रुपैँया नाफा कमाउँदा २ अर्ब २२ करोड रुपैँया भने सेयर कारोबारबाट आर्जन गरेको छ ।
इन्भेष्टमेन्टको वितरणयोग्य नाफा एक अर्ब ९९ करोड रुपैँया रहँदा हिमालयनको २ अर्ब १६ करोड रुपैँया छ ।

हेरौं दुबै बैंकको थप विवरण

नाफा
नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्ष ३ अर्ब ६५ करोड रुपैँया नाफा कमाएको छ । बैंकले अघिल्लो आवमा २ अर्ब ४२ करोड रुपैँया नाफा आर्जन गरेको थियो । हिमालयन बैंकले भने गत आर्थिक वर्षमा २ अर्ब ९९ करोड रुपैँया नाफा कमाउन सफल भएको देखिन्छ । जबकी अघिल्लो आवमा बैंकको नाफा २ अर्ब ५८ करोड रुपैयाँ मात्रै थियो ।

वितरण योग्य नाफा
गत आर्थिक वर्षमा हिमालयन बैंकले २ अर्ब १६ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ९९ करोड रुपैयाँ मात्रै कमाएको छ । हिमालयनको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैँया रहेको छ भने इन्भेष्टमेन्टको १६ अर्ब २५ करोड रुपैँया छ । छुट्टा छुट्टै रुपमा हेर्ने हो भने हिमालयनका लगानीकर्ताले गत आवको आम्दानीबाट धेरै लाभांश पाउने अवस्था छ ।

जगेडा कोष
नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा कोषमा १४ अर्ब २४ करोड रुपैँया छ भने हिमालयनको जगेडा कोषमा ६ अर्ब ६५ करोड रुपैँया रहेको छ ।

निक्षेप तथा कर्जा र खुद ब्याज आम्दानी
इन्भेष्टमेन्ट बैंकले एक खर्ब ७४ अर्ब रुपैँया निक्षेप संकलन गरेर एक खर्ब ५६ अर्ब रुपैँया कर्जा लगानी गरेको छ । यो बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ५९ करोड रुपैँया आर्जन गरेको देखिन्छ ।

उता, हिमालयनले भने एक खर्ब ४१ अर्ब रुपैँया निक्षेप उठाएर एक खर्ब २६ अर्ब रुपैँया कर्जा लगानी गरेको छ । हिमालयनले ३ अर्ब ७८ करोड रुपैँया खुद ब्याज आम्दानी गरेको छ ।

सेयर कारोबारबाट आम्दानी
यी दुबै बैंकले मर्जर अघि सेयर कारोबारलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । हिमालयनले २ अर्ब २२ करोड रुपैँया सेयर किनबेचबाट नाफा गरेको छ । इन्भेष्टमेन्टले पनि एक अर्ब २ करोड रुपैँया सेयर किनबेचबाट प्राप्त गरेको देखिन्छ ।

ईपीएस र नेटवर्थ
हिमालयन बैंकको प्रति सेयर आम्दानी २८.०६ रुपैयाँ र प्रति सेयर नेटवर्थ १८७.९४ रुपैँया छ । इन्भेष्टमेन्टको प्रति सेयर आम्दानी २२.५७ रुपैँया र नेटवर्थ १९४.४८ रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्