Shikhar Insurance

नेपाल बैंकको लोभ लाग्दो प्रगतिः सबै सूचकमा अब्बल बन्दै, २७.६३ लाभांश क्षमता

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १०:५९
NIMB
Nabil Bank

काठमाडौं । कुनै समय संकटमा परेको नेपाल बैंकले अहिले भने लोभलाग्दो प्रगतिको बाटो समात्न थालेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड रुपैँया नाफा कमाउन सफल भएको छ । बैंकको त्यस्तो नाफा आव २०७६।७७ मा जम्मा २ अर्ब ३२ करोड रुपैँया मात्रै थियो । गत आवमा बैंकले आफ्नो नाफा ७४ करोड अर्थात ३१.८९ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

नेपाल बैंकको वितरण योग्य नाफा नै ३ अर्ब ४९ करोड रुपैँया रहेको छ । १२ अर्ब ६३ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकले २७.६३ प्रतिशत लाभांश दिन सक्छ । बैंकले गत आर्थिक वर्षमा ४२ करोड रुपैँया भने सेयर किनबेचबाट प्राप्त गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल बैंकको जगेडा कोषमा १५ अर्ब १४ करोड रुपैँया छ । एक खर्ब ६२ अर्ब निक्षेप संकलन गरेको बैंकले एक खर्ब ३४ अर्ब कर्जा लगानी गरेर ६ अर्ब ४६ करोड रुपैँया खुद ब्याज आम्दानी गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा त्यस्तो ब्याज आम्दानी जम्मा ५ अर्ब ६१ करोड रुपैँया थियो ।

नेपाल बैंकको प्रति सेयर आम्दानी २४.२६ रुपैँया छ भने प्रति सेयर नेटवर्थ २६३.१९ रुपैँया छ । बैंकको स्प्रेड दर ४.३४ प्रतिशत र कस्ट अफ फण्ड ३.५६ प्रतिशत छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्