Shikhar Insurance

के चुहिएकै हो त मौद्रिक नीति ? अब के गर्छ राष्ट्र बैंक ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १५:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले अहिले अपरान्ह ४ः१४ बजे चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक हुनु पूर्व नै धमाधम सञ्चार माध्यमहरुमा मौद्रिक नीतिका व्यवस्था समेटेर समाचार प्रकाशित भएपछि त्यसले तरंग ल्याएको छ ।

अर्थमन्त्रालयदेखि बालुवाटारसम्म त्यसको तरंग पुगेको छ । स्वयं राष्ट्र नेतृत्व पनि समाचार बाहिरिएको घट्नाबाट तनावमा पुगेको छ ।
अर्थमन्त्रालयले मौद्रिक नीति बाहिरिएको सम्बन्धी विषयलाई ‘नोटिस’मा लिएको बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंक उच्च श्रोतले पनि मौद्रिक नीति बाहिरिएको हो वा होइन भन्ने विषयमा अध्ययन गर्ने मनस्थिति बनाएको छ । मौद्रिक नीति औपचारिक रुपले सार्वजनिक गरेपछि त्यसअघि बाहिरिएका विषयहरु समेटेर अध्ययन गर्ने मनस्थितिमा केन्द्रिय बैंक नेतृत्व पुगेको हो । ‘हाम्रो सामाजिक सुशासन कस्तो रहेछ भन्ने कुरा यसले देखाउँछ, हामी अध्ययन हुने नै छ’, राष्ट्र बैंक श्रोतले भन्यो ।

राष्ट्र बैंकबाट मौद्रिक नीति सम्बन्धी विषय बाहिरिएपछि आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी(इमसन)ले विज्ञप्ति प्रकाशित गर्दै आपत्ति जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्