Shikhar Insurance

समग्रमा सकारात्मक र सन्तुलित मौद्रिक नीतिः पोखरेल

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबारे डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष पद्युमन पाखेरेलले सकारात्मक र सन्तुलित मौद्रिक नीतिको संज्ञा दिएका छन् ।

मौद्रिक नीतिबारे सिंहदरबारसँग प्रारम्भिक प्रतिक्रिया जनाउँदै उनले भने–यो सकारात्मक र सन्तुलित मौद्रिक नीति हो ।’ मौद्रिक नीतिले आर्थिक स्थायीत्व, कोभिड प्रभावितलाई राहत तथा डिजिटल इकोनोमीमा जोड दिएको पनि उनले बताए । डिजिटल भुक्तानी मात्रै नभएर डिजिटल लोन गाइडलाइन समेत बनाउने उल्लेख हुनु पनि राम्रो पक्ष भएको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

विकास बैंकहरुलाई लोकल एलसी खोल्न दिने विषय भने अझै नसमेटिएको पनि उनले बताए । ‘हामीले लोकल एलसी खोल्न पाउनुपर्छ भनेका थियौं, त्यो एकिकृत निर्देशनमा आउँछ की भन्ने आशा छ’, पोखरेलले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्