Shikhar Insurance

४० लाख डोज मोडर्ना खोप किन्न नेपालले गर्‍यो सम्झौता, बन्यो विश्वकै दोस्रो देश

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार २०:५१
NIMB
Nabil Bank

काठमाडौं । नेपालले कोभिड विरुद्धको मोडेर्ना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता गरेको छ । विश्व बैंकका अनुसार कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा सो मात्रा खरिद गर्न सम्झौता गरिएको हो ।
खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । विश्व बैंकका अनुसार नेपालको कोभिड-१९ विरुद्धको खोपका लागि पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ ।

मोडेर्ना खोपले १२ वर्ष उमेर माथिका नागरिकले लगाउन मिल्छ । उक्त खोप नेपालमा सन् २०२२ को मार्च महिनासम्म आउने अपेक्षा गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो खोप नेपालका ७२ प्रतिशत जनसङ्ख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीले लगाउन मिल्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्