Shikhar Insurance

कोरोना महामारीबीच एनएमबि बैंकले कसरी बढायो ५८ प्रतिशत नाफा ? यस्तो छ कारण

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३०, शनिबार १३:३४
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंकको नाफा एक अर्ब ४२ करोड रुपैँयाले वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७।७८ मा आफ्नो नाफा ५८.४३ प्रतिशतले बढाएर ३ अर्ब ८५ करोड रुपैँया पुर्याएको हो । बैंकले आव २०७६।७७ मा जम्मा २ अर्ब ४३ करोड रुपैँया नाफा आर्जन गरेको थियो ।

एनएमबिको वितरण योग्य नाफा नै २ अर्ब ३३ करोड रुपैँया रहेको छ । १६ अर्ब ३२ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकले गत आवको वितरण योग्य नाफाबाट लगानीकर्तालाई १४.२७ प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा ५ अर्ब ३८ करोड रुपैँया रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले इम्पेरिमेन्ट चार्जका लागि जम्मा ३८ करोड रुपैँया मात्रै छुट्याएको छ, गत आवमा त्यस्तो रकम एक अर्ब ६२ करोड रुपैँया छुट्याउनु परेको थियो । बैंकले ३५ करोड रुपैँया भने सेयर कारोबारबाट आर्जन गरेको हो ।

एनएमबिले गत आर्थिक वर्षमा एक खर्ब ६४ अर्ब रुपैँया निक्षेप संकलन गरेर एक खर्ब ५० अर्ब रुपैँया कर्जा लगानी गर्दा ५ अर्ब ६७ करोड रुपैँया खुद ब्याज आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४९ करोड रुपैँया मात्रै थियो ।
बैंकको प्रति सेयर आम्दानी १६.७८ रुपैँया छ भने प्रति सेयर नेटवर्थ १४६.७४ रुपैँया छ । बैंकको स्प्रेडदर ३.०९ प्रतिशत छ ।

कोरोना महामारीका बीच पनि बैंकले निक्षेप तथा कर्जा लगानी दुबै बढाउन सफल भएको छ । सोही अनुसार ब्याज आम्दानीदेखि अन्य सूचकहरु समेत थप मजबुत बन्दै गएको देखिन्छ । बैंकले लगानी योग्य पुजीँ सहज रुपले उपलब्ध गराउनका लागि विदेशबाट ऋण समेत लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्