Shikhar Insurance

सरकारमा जाँदैनौं, एकताका ढोका बन्द भए पार्टी पुनर्गठन गरिन्छः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३०, शनिबार २०:३७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भएमा आन्दोलन पुनर्गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् । नेकपा(एमाले) बागमति प्रदेश सम्पर्क समन्वय कमिटीको पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले भने–‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । तर एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हटनुहुँदैन । तर त्यो अन्तिम उपायमात्रै हुनेछ । अझै पनि कोसिस गरौं । अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाईमा रहेका छौं ।’

उनले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको पनि बताए । वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गराए । उनले संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनु परेको पनि दोहोर्‍याए ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्