Shikhar Insurance

हिटलरले जस्तै ओलीले पनि सबै कुरा समाप्त पारेः पौडेल

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३०, शनिबार २०:५६
NIMB
Nabil Bank

काठमाडौं । युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलले जर्मनीमा हिटलरले सबै कुरा समाप्त पारे जस्तै नेपालमा केपी ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पारेको बताएका छन् ।

कर्णाली प्रदेशमा युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले हिटलरले नाजी पार्टी खोलेर सत्ता कब्जा गरेको तर केहि वर्षमै पार्टी र सत्ता दुबै गुमाउन बाध्य भएको तथ्य स्मरण गराए । उनले ओलीका कारण नेपालमा केहि वर्षपछि कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु लुक्दै हिड्नुपर्ने अवस्था आउने त होइन भनि प्रश्न समेत गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने–‘ओलीको शैलीले निरन्तरता पायो भने जसरी जर्मनीमा नाजी पार्टीका कार्यकर्ता जस्तै लुक्नु पर्ने दिन त आउने होइन ? भन्ने चिन्ता उब्जिएको छ ।’, पौडेलले भने ।

उनले अहिलेको लडाई पद र प्रतिष्ठाको नभएर निती विचार र सिद्धान्त जोगाउनका लागि भएको पनि बताए । ‘यो कोहि व्यक्तिको पद जोगाउने विषय होइन, यो त आन्दोलन जोगाउने, बिधि जोगाउने लडाई हो ।’, पौडेलले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्