Shikhar Insurance

माछापुच्छ्रे बैंकको नाफा १६३ करोड, लगानीकर्तालाई १२.४८ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३१, आईतवार ०९:१०
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७७।७८ मा एक अर्ब ६३ करोड रुपैँया नाफा आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो आवको सोही अवधीको तुलनामा ३७ करोड अर्थात २६.३६ प्रतिशतले बढी हो । आव २०७६।७७ मा बैंकको नाफा एक अर्ब २६ करोड रुपँया थियो ।

बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार वितरण योग्य नाफा एक अर्ब १३ करोड रुपैँया रहेको छ । ९ अर्ब ५ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकले गत आवको नाफाबाट १२.४८ प्रतिशत लाभांश दिन सक्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले गत आवमा बैंकले एक खर्ब ३१ अर्ब निक्षेप संकलन गरेर एक खर्ब १३ अर्ब रुपैँया कर्जा लगानी गरि ४ अर्ब ३२ करोड रुपैँया खुद ब्याज आम्दानी गरेको छ । बैंकको आव २०७६।७७ मा निक्षेप एक खर्ब ४ अर्ब थियो भने कर्जा जम्मा ९२ अर्ब रुपैँया मात्रै थियो र खुद ब्याज आम्दानी ३ अर्ब ८६ करोड रुपैँया थियो ।

बैंकले सेयर किनबेचबाट १९ करोड रुपैँया नाफा लिएको देखिन्छ । स्प्रेड दर ४.३६ प्रतिशत रहेको बैंकको आधार ब्याजदर ७.२६ प्रतिशत छ । माछापुच्छ्रेको प्रति सेयर आम्दानी १८.०१ रुपैँया छ भने प्रति सेयर नेतवर्थ १४२ रुपैँया छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्