Shikhar Insurance

पुँजी बजारलाई नकारात्मक प्रभाव पार्ने नीतिहरु परिमार्जन हुन्छन्ः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३१, आईतवार १३:२०
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारलाई नकारात्मक प्रभाव पार्ने कुनै पनि नीतिहरु परिमार्जन हुने बताएका छन् । नेपाल पुँजी बजार सम्वद्ध दुई संगठनका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री शर्माले पुँजी बजारमा नकारात्मक प्रभाव पार्ने कुनै पनि नीतिहरु परिमार्जन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

अर्थमन्त्री शर्मालाई उदृत गर्दै सेयर लगानीकर्ता संघ, नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले भने–‘मार्जिन सिमा नघटाउन भनेको थिएँ, ऋणको सिमाले बजारलाई असर गरेछ भने पुनरावलोकन हुनेछ, बजारलाई प्रभावित हुन दिन्न ।’

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री शर्मासँग नेपाल ईन्भेष्टर्स फोरम तथा सेयर लगानीकर्ता संघ नेपालका प्रतिनिधिहरुको संयुक्त भेट गरेका थिए । उनीहरुले मौद्रिक नीति मार्फत अघि सारिएको सेयर धितो कर्जाको ४ करोड र १२ करोड सम्बन्धी व्यवस्था पुनरावलोकनका लागि अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । आफ्ना मागहरु प्रति मन्त्री शर्मा निकै सकारात्मक देखिएको र पुँजी बजारको दिगो विकासमा मन्त्री सचेत रहेको आफुहरुले पाएको पनि फुल्लेलले सिंहदरबारलाई जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्