Shikhar Insurance

भदौ ९ गतेदेखि आउँदैछ ८० हजारलाई पार्ने तेह्रथुम पावरको आईपीओ

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३२, सोमबार ०८:४९
NIMB
Nabil Bank

काठमाडौं तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि ८ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । असार १० गते आईपीओ निष्काशनको अनुमति पाएको कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुने चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता सेयर आयोजना प्रभावितका लागि जारी गरिसकेको छ ।

अब जारी पुँजीको २० प्रतिशतले हुने ८ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । यो आईपीओ ८० हजार आवेदकले १०।१० कित्ता पाउनेछन् । कुल निष्काशनको २ प्रतिशत सेयर कम्पनीका कर्मचारी र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको उक्त आईपिओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्दैछ । आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्