Shikhar Insurance

कोरोना महामारीबीच नविलको लोभ लाग्दो प्रगतिः निक्षेप, कर्जा, नाफा सबैमा अब्बल

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३२, सोमबार १०:०१
NIMB
Nabil Bank

काठमाडौं । कोरोना महामारीका बीच पनि नबिल बैंकले आफ्ना प्रायः सूचकमा व्यापक प्रगति गरेको छ । आर्थिक वर्ष २०७७।७८ को अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको नबिलले निक्षेप तथा कर्जा विस्तार, नाफा, वितरण योग्य नाफा लगायतका सूचकहरुमा व्यापक मात्रामा वृद्धि गरेको देखिन्छ ।

नविलको आफ्नो नाफा एक अर्ब ४ करोड रुपैँया अर्थात ३० प्रतिशतले वृद्धि गरेर चार अर्ब ५० करोड रुपैँया पुर्याएको छ । आर्थिक वर्ष २०७६।७७ मा ३ अर्ब ४६ करोड नाफा गरेको बैंकले आव २०७७।७८ मा ४ अर्ब ५० करोड नाफा कायम गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नविलको वितरण योग्य नाफा नै ४ अर्ब १४ करोड रुपैँया छ । १३ अर्ब ८३ करोड रुपैँया चुक्ता पुँजी रहेको नविलले गत आवको वितरणयोग्य नाफाबाटै आफ्ना लगानीकर्तालाई २९.९१ प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषको आकार १५ अर्ब २ करोड रुपैँया पुगेको छ । जुन अघिल्लो आवमा १२ अर्ब १८ करोड रुपैँयाको थियो ।

नविलले आफ्नो कुल नाफामा एक अर्ब ४८ करोड रुपैँया भने सेयर किनबेचबाट प्राप्त गरेको देखिन्छ । एक नम्बरको आफ्नो विरासत जोगाउने अभियानमा रहेको नविलले गत आर्थिक वर्षमा २ खर्ब २३ अर्ब रुपैँया निक्षेप संकलन गरेर एक खर्ब ९८ अर्ब रुपैँया कर्जा प्रवाह गर्दा ७ अर्ब ७२ करोड रुपैँया खुद ब्याज आम्दानी गरेको छ ।

आव २०७६।७७ मा बैंकको निक्षेप एक खर्ब ९० अर्ब थियो भने कर्जा लगानी एक खर्ब ४८ अर्ब रुपैँया थियो र बैंकले ६ अर्ब ९८ करोड रुपैँया खुद ब्याज आम्दानी गरेको थियो । नबिलको प्रति सेयर आम्दानी ३३.४० रुपैँया छ भने प्रति सेयर नेटवर्थ २४०.७३ रुपैँया छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्