Shikhar Insurance

नेशनल लाइफको जीवन बीमा कोष ४२ अर्ब नाघ्यो, नाफा ४० करोड

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३२, सोमबार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष ४२ अर्ब ४२ करोड रुपैँयाको भएको छ । आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नेशनलले आफ्नो जीवन बीमा कोष ८ अर्ब ७२ करोड अर्थात २५.८० प्रतिशतले बढेको हो । आव २०७६।७७ को अन्तिम कम्पनीको जीवन बीमा कोषमा ३३ अर्ब ७२ करोड रुपैँया थियो ।

नेशनलले गत आर्थिक वर्षमा ४० करोड रुपैँया नाफा आर्जन गरेको छ, यद्यपी सो नाफा बीमांकीय मूल्यांकन अघिको हो । कम्पनीले हालसम्म २९ अर्ब ८८ करोड रुपैँया दिर्घकालिन लगानी गरेको छ । बीमा लेख धितोमा राखेर ६ अर्ब १८ करोड रुपैँया कर्जा प्रवाह गरेको छ । ३ अर्ब ३९ करोड रुपैँया चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा ८८ करोड रुपैँया छ भने महाविपत्ति कोषमा २९ करोड रुपैँया छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले हालसम्म ९ लाख ४५ हजार एक सय ९७ वटा बीमालेख जारी गरेको छ, यस्तो बीमालेख संख्या आव २०७६।७७ को अन्तिमसम्ममा ८ लाख १० हजार ८ सय ३२ वटा थियो । नेशनलले २ लाख ४८ हजार ८ सय ८८ वटा दावी वापत ४ अर्ब १२ करोड रुपैँया भुक्तानी गरेको छ ।

कम्पनीले अन्तरिम बोनस दर प्रति हजार न्युनतम ६४ देखि ८५ रुपैँयासम्म तोकेको छ । नेशनलको प्रति सेयर आम्दानी ११.८३ रुपैँया छ भने प्रति सेयर नेटवर्थ १३४.३३ रुपैँया रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्