Shikhar Insurance

जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको नाफा ३४ करोड, लगानीकर्तालाई प्रतिफल कति ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३२, सोमबार ११:३७
NIMB
Nabil Bank

काठमाडौं । जेठो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३४ करोड रुपैंया नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६।७७ मा २६ करोड नाफा आर्जन गरेको कम्पनीले ८ करोड अर्थात ३०.७६ प्रतिशतले वृद्धि गरेको हो ।

एक अर्ब २४ करोड रुपैँया चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २७.४१ प्रतिशत लाभांश दिन सक्छ । नेपाल इन्स्योरेन्सको जगेडा तथा कोषमा ४२ करोड रुपैँया छ भने बीमा कोषमा ५९ करोड रुपैँया छ । कम्पनीले हालसम्म दिर्घकालिन लगानी तथा कर्जामा ४७ करोड रुपैँया लगाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले गत आवमा ७१ करोड रुपैँया बीमा शुल्क आर्जन गरेको थियो जुन अघिल्लो आवामा ६६ करोड मात्रै थियो । कम्पनीले ५ हजार ६ सय ७५ वटा दावी वापत ६० करोड रुपैँया भुक्तानी गरेको छ ।

एक लाख ४५ हजार २ सय ८ वटा बीमालेख जारी गरेको कम्पनीले १० हजार ६ सय २१ वटा बीमालेख नविकरण गराएको छ । कम्पनीको प्रति सेयर आम्दानी २८.०७ रुपैँया छ भने प्रति सेयर नेटवर्थ १८१.८१ रुपैँया छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्