Shikhar Insurance

चिनले भन्योः तालिबानसँग मित्रता चाहान्छौं, शान्ति र पुननिर्माणमा सहकार्य गर्छाै

सिंहदरबार संवाददाता
२०७८ भाद्र १, मंगलवार ०९:३६
NIMB
Nabil Bank

काठमाडौं । अफतानिस्तानमा शसस्त्र संघर्षद्धारा सत्तामा पुनः फर्किएको तालिबानसँग चिनले मितत्रा चाहेको बताएको छ । चिनियाँ विदेश मंन्त्रालयकी प्रवक्ता हुआ चुनियाङले अफगानिस्तानका नागरिकको आफ्नो भाग्यको फैसला आफैं गनर्ने अधिकारको चिनले सम्मान गर्ने बताउँदै अफगानिस्तानसँग मित्रवत सहयोगको विकास गर्न चाहेको स्पष्ट पारेकी छिन् ।

प्रवक्ता चुनियाङले अफगानिस्तानमा शान्ति र पुननिर्माणमा चिनले रचनात्मक भूमिका निर्वाह गर्ने पनि बताइन् । तालिबानले आफ्ना पूर्व प्रतिवद्धता अनुसार सम्वादका माध्यमबाट एक खुला र समावेशी इस्लामिक सरकार स्थापित गर्ने अपेक्षा पनि व्यक्त गरेको छ । अफगानी नागरिक र विदेशी मिसनको सुरक्षाको सुनिश्चितता पनि तालिबानले गर्नुपर्नेमा उनले जोड दिएकी छिन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्